फाइल तस्बिर
भोजपुर। भोजपुरको टेम्केमैयुङ–९ मा राउते खोलामा पक्की पुल निर्माण गरिएको छ। पूर्वाधार विकास कार्यालयले तीन करोड ५७ लाख लागतमा राउते खोलामा पुल निर्माण गरेको हो।
राउते खोला पुलले साविकको वडा नं ७ राउते र साविकको वडा नं ५ लेखर्कलाई जोडेको छ ।
पक्की पुल बनेपछि यातायातका साधन सञ्चालनमा सहजता भएको र स्थानीयलाई समेत आवतजावतमा सहज भएको छ।