काठमाडौं। पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ। शुक्रबारदेखि लगातार परिरहेको पानीले पहिरो गएपछि मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको हो।
पहिरोका कारण कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीशेरा सडक पनि अवरुद्ध छन्। पहिरोले सडक अवरुद्ध भएपछि सवारी साधनलाई आवतजावत गर्न समस्या भएको छ।