भोजपुर। भोजपुरको टेम्केमैयुङ गाउँपालिकास्थित राउते खोलामा पक्की पुल निर्माण भएको छ। तीन करोड ५७ लाख रुपैयाँ लागतमा पुल निर्माण गरेको हो।
उक्त पुल पूर्वाधार विकास कार्यालयले निर्माण गरेको हो। राउते खोला पक्की पुल निर्माणअवधिभन्दा १५ महिनाअघि सम्पन्न भएको हो।
राउते खोला पुलले साविकको वडा नं ७ राउते र साविकको वडा नं ५ लेखर्कलाई जोडेको छ।