म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटमा सडक कालोपत्र र ढलान भएको छ। उक्त सडक ट्रयाक खुलेको १७ वर्षपछि कालोपत्र र ढलान भएको हो।
बेनी नगरपालिकाको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक आयोजनाअन्तर्गत बाँसबोट क्षेत्रमा सो सडक कालोपत्रे भएको छ।
गण्डकी प्रदेश सरकारको ५० लाख सशर्त अनुदान र बेनी नगरपालिकाले ३० लाख बजेट विनियोजन भएको यस सडक आयोजना निर्माणका लागि श्रमजीवी निर्माण सेवाले ५६ लाख ५२ हजार ४५ मा ठेक्का सम्झौता गरेको थियो।