काठमाडौं। नेपाल वायुसेवा निगम ६६ औँ वर्ष पूरा गरी ६७औँ वर्षमा प्रवेश गरेको छ। नेपाल सरकार साझेदारी रहेको एक मात्र वायुसेवा कम्पनी ६७औँ वर्षमा प्रवेश गरेको हो।
उक्त अवसरमा निगमले आज बिहान पदयात्राको आयोजना गरिएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहालले निगमलाई शुभकामना दिँदै निगमले हवाई यातायात क्षेत्रको विकास र विस्तारमा योगदान पुऱ्याएको र अझै सेवा विस्तार र जनताको मन जित्ने गरीको कार्यशैली अगाडी बढाउन आग्रह गरे।
आफ्नो गौरवशाली र उदाहरणीय इतिहास सहित पर्यटन प्रवर्द्धन तथा आर्थिक सामाजिक क्षेत्रमा योगदान पुऱ्याउदै निगमले आफ्नो स्रोतसाधनको अधिकतम उपयोग गरी सेवा प्रदान गर्ने निगमले जनाएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ सहित उच्चपदस्थ अधिकारीहरूको पदयात्रामा सहभागिता रहेको थियो ।