इलाम। इलामको फिक्कल–जोगमाई–नयाँबजार–दुधाङ सडकअन्तर्गत फिक्कल–नयाँबजार सडक कालोपत्र गरिएको छ। कोशी प्रदेश सरकारको ५३ करोड ८९ लाख लागतमा सडक कालोपत्र गरिएको हो।
सडकको जिरो प्वाइन्ट सूर्योदय नगरपालिका–९ फिक्कलस्थित बरबोटेदेखि गन्तव्य स्थान माइजोगमाई गाउँपालिका–१ नयाँबजारसम्म २० किलोमिटर २०० मिटर सडक कालोपत्रे पूरा भएको बताइएको छ।
सडकको अप्ठ्यारो भूभागमा आठ सय मिटर पक्की ढलाइ गरिएको छ । डिबिएसटी (डबल बिटुमिन एस ट्रिटमेन्ट) प्रविधिको कालोपत्र गरिएको हो । सडक कालोपत्रबाहेक किलोमिटर पोष्ट, सेफ्टी बारलगायतको कामसमेत गरिएको छ ।