बागलुङ। अविरल वर्षाले कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। अविरल वर्षाले सडकमाथिबाट पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको हो।
बागलुङको जैमिनी नगरपालिका–५ माझबौरस्थित सडकमाथिबाट पहिरो खस्दा करिडोर अवरुद्ध भएको छ। यसका कारण सवारीसाधन ठप्प भएका छन्।
सडक खुलाउने प्रयास गरे पनि भारी वर्षाका कारण उपकरण सञ्चालन गर्न नसकेको बताइएको छ। वर्षा नरोकिएसम्म सडक खुलाउन नसकिने भएको छ।