काठमाडौं। अविरल वर्षासँगैको बाढी र पहिरोले मंगलबार साँझदेखि अवरुद्ध बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ खण्डमा पुनस् यातायात्र सञ्चालन भएको छ। सडक खण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे र मर्स्याङ्दी गाउँपालिका–९ गोपालडाँडामा खसेको पहिरो हटाएसँगै लमजुङ खण्डमा यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पहिरो हटाएर र अक्टोपस झरनामा पानी कम भएपछि सवारी साधन सञ्चालनमा आएको कार्यालयले जनाएको छ।