धादिङ। नौबिसे नागढुङ्गा सडकखण्ड हिजो र आज राति बन्द गरेर काम थालिएको छ।
त्रिभुवन राजथपअन्तर्गत पर्ने नौबिसे खोलामा बन्दै गरेको पुलको काम गर्न लागिएकाले सम्भावित जोखिमलाई मध्यनजर गरी हिजो र आज राति १० बजेदेखि बिहान ३ बजेसम्म दुईतर्फी सडक बन्द गर्न लागिएको हो।
दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकाले रातिको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको नागढुङ्गा मुग्लिन सडक आयोजनाले जनाएको छ।