फाइल तस्बिर
दाङ। घोराही–तुलसीपुर सडकखण्डको सेवार खोलामा डाइभर्सन नबनाउँदा सवारी सञ्चालनमा समस्या भएको छ । पुल निर्माणका क्रममा सेवार खोलाको पिच सडक भत्काइए पनि डाइभर्सन नबनाउँदा बर्षादको समयमा सवारी सञ्चालनमा समस्या भएको हो ।
पुल निर्माणका क्रममा कालोपत्रे सडक भत्काए पनि खोलामा हुन सक्ने जोखिमलाई ध्यान नदिँदा समस्या भएको स्थानीयको गुनासो छ। बर्षाद सुरु भएसँगै खोलामा आएको भेलले उक्त क्षेत्रमा माटो बगाएर खाडल बनाउँदा साना सवारी साधन चिप्लेर दुर्घटना हुने जोखिम समेत बढेको छ।
साना सवारी साधन स्कुटर, मोटरसाइकल, अटो, कार लगायतका सवारी साधन सञ्चालनमा समस्या हुने गरेको छ । पुल निर्माणका क्रममा बर्षादको समयमा खोलामा बग्ने पानीको निकासका लागि डाइभर्सन निर्माण भएमा जोखिम कम हुने स्थानीयको भनाइ छ।