काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङले नेपालको अर्थतन्त्र विकासमा पर्यटन क्षेत्र महत्त्वपूर्ण मेरुदण्ड भएको बताएका छन्। ८औं राष्ट्रिय टुर गाइड सम्मेलनलाई काठमाडौंमा बुधबार सम्बोधन गर्दै मन्त्री तामाङले यस्तो बताएका हुन्।
उनले पर्यटन क्षेत्रको विकासमा सरोकारवालाबीच सहकार्य जरुरी रहेको समेत बताए। पर्यटन विकासमा राज्य र निजी क्षेत्रको साझा संकल्प आवश्यक रहेको उनको भनाइ छ।
पर्यटन ऐन संशोधनका लागि विधेयक पनि प्रक्रियागत रूपमा अघि बढिसकेको मन्त्री तामाङले जानकारी दिए।