काठमाडौं। नेपाल वायुसेवा निगमका जहाजहरूको इन्जिन मर्मत सम्बन्धी छानबिन गर्न समिति बनाइएको छ। सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा छानविन समिति बनाएको हो ।
निगमले वाइडबडी जहाज ३३० को सी(चेकका लागि इटाली पठाएको छ । न्यारोबडी जहाजको इन्जिन मर्मत गर्न इजरायल पठाएको थियो । यी दुवै निर्णय विवादित भएपछि १८ असारको मन्त्रिस्तरीय निर्णयबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको हो।
समितिमा प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमन, एक जना चार्टर्ड एकाउन्टेन्ट, एक जना कानुन विज्ञ रहने गरी तोकिएको छ ।
समितिले १५ दिनभित्र दुवै जहाजका इन्जिन मर्मतबारे भएका निर्णयहरू अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको छ ।