फाइल तस्बिर
दाङ। दाङमा हुलाकी सडक निर्माणमा ढिलासुस्ती भएपछि ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगन्जले सडक निर्माण तथा कालोपत्रे गर्ने काममा ढिलाइ गर्ने निर्माण व्यवसायीसँग ठेक्का प्रक्रिया तोड्ने जनाएको छ ।
हुलाकी सडक अन्तर्गत गढवा गाउँपालिकाको वनघुर्सीदेखि गढवासम्मको करिब २० किलोमिटर सडक कालोपत्रे गर्न निर्माण कम्पनीले ढिलासुस्ती गरेपछि आयोजना ठेक्का तोड्ने प्रक्रियामा अघि बढेको हो । सडक विस्तारसँगै कालोपत्रेको काम सक्ने गरी ६५ करोडको लागतमा २०७६ कात्तिक २९ मा वज्रगुरु कान्छाराम जेभीसँग ठेक्का सम्झौता भएको थियो ।
सो सम्झौता अनुसार तोकिएको समयमा काम सम्पन्न हुन सकेन । २०७९ मङ्सिरमा २०८० साउन १० सम्मलाई म्याद थप गरिएको थियो । म्याद थपपछि पनि निर्माण कम्पनीले केही समय काम गरे जस्तो गरेको र फेरि कामलाई अलपत्र पारेको आयोजना कार्यालयले जनाएको छ। गोरखापत्रअनलाइनबाट