काभ्रे। अविरल वर्षाका कारण खसेको पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ ।
काभ्रेकाे रोशी गाउँपालिका-८ नर्के आसपासमा गएकाे पहिराेले राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएकाे छ ।
उता सिन्धुलीकाे सुनकोशी गाउँपालिका–२ कमिरेफाड र गोलञ्जोर गाउँपालिका–६ को अक्करेभीरमा पहिरो जाँदा गएरातिबाट सडक अवरुद्ध भएको छ ।
सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन् । पहिरो पन्छाएर सडक सुचारु गराउने प्रयास भइरहेको प्रहरीले जनाएकाे छ ।