तानसेन। सिद्धार्थ राजमार्गमा पहिरो खसेपछि तानसेन–बुटवल सडक खण्ड अवरुद्ध बनेको छ। दुई दिनदेखि परेको बर्सातका कारण तानसेन–८, गौडे पुल नजिकै पहिरो खस्दा सिद्धार्थ राजमार्ग बिहान ६ बजेदेखि अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।
सडकमाथिबाट खसेको पहिरा हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध बनेपछि तानसेन, पोखरा, गुल्मीलगायतबाट आएका सवारीसाधन बिचमै राखिएका छन् ।