बागलुङ। शनिबार बिहानैदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङखण्ड अझै खुल्न सकेको छैन। लगातारको वर्षाका कारण करिडोरको चार ठाउँमा पहिरो खसेको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडक नै भत्काएको छ। वर्षा नरोकिएसम्म सडक सञ्चालन गर्न नसकिने बताइएको छ।