काठमाडौं। नेपाल वायुसेवा निगमले काठमाडौं-दोहाको उडान संख्या विस्तार गर्ने भएको छ। हाल साताको सातवटा नियमित उडान गर्दै आएको निगमले एक सातापछि ४ वटा उडान थपेर ११ वटा उडान गर्ने भएको हो।
निगमले दिउँसोको समयमा साताको चारवटा उडान गर्ने जानकारी दिएको छ। यो गन्तब्यका लागि यात्रुको माग वृद्धि भएसँगै उडान संख्या विस्तार गरेको निगमले बताएको छ। अहिले लागु भइरहेको भाडादर घटोस् भन्ने उद्देश्यले उडान संख्या विस्तार गरेको निगमका एक उच्च पदाधिकारीले जानकारी दिए।
उनका अनुसार यो गन्तब्यका लागि सुरुवाती भाडादर ३५ हजार रुपैयाँ निर्धारण गरिएको छ। निगमले यी दुवै गन्तब्यमा यात्रुको माग अनुसार वाइड बडी र न्यारो बडी दुवै प्रकारका जहाज आवश्यकता अनुसार उडाउने पनि जनाएको छ।