काठमाडौं। मनकामना मन्दिर जाने केबलकारको स्तरोन्नति गरेको जनाएको छ । मनकामना दर्शन प्रालिले केबलकारको स्तरोन्नति गरेको जनाएको हो।
२६ वर्षदेखि सञ्चालन गरिरहेको केबलकारको प्रविधि र उपकरणको स्तरोन्नति गरिएको कम्पनीले बताएको छ।
यसमा एनालग प्रविधिमा जडित मोटरलाई डिजिटलमा परिवर्तन गरिएको छ । साथै केबलकारको तार परिवर्तन, वाइरिङ फेरिएको, एसी मेन मोटर ड्राइभलगायत उपकरणमा स्तरोन्नति गरिएको कम्पनीले जनाएको छ ।