काठमाडौं। नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम अवरुद्ध भएको छ। निरन्तर परेको वर्षाको कारण सडक विस्तारको काम अघि बढ्न नसकेको हो।
अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहज रुपमा सञ्चालन गराउनका लागि पहल भइरहेको आयोजनाले जनाएको छ।
निर्माण कम्पनीले आफ्नो जनशक्ति र उपकरण सडक अवरुद्ध भएको ठाउँमा यातायात सहज बनाउन लगाएको आयोजनाले जनाएको छ। आयोजनाका अनुसार सडकमा भएका खाल्डाखुल्डी पुर्ने, वर्षातले बाटो चिप्लो भएको ठाउँमा गिटी राख्ने, पहिरो हटाउनेलगायतको काममा निर्माण व्यवसायीलाई खटाइएको छ।