दार्चुला। सडकमाथिबाट पहिरो आएपछि जिल्लाको मुख्य सडकमार्ग अवरुद्ध भएको छ । चार दिनदेखि लगातारको वर्षाले पहिरो खसेपछि दार्चुला–गोकुेलेश्वर सडक खण्डको पनेबाज क्षेत्रमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
अहिले अवरुद्ध सडक एक्स्काभेटर लगाएर खोल्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अहिले पहिरो पन्छाउने काम सुरु भईसकेको छ । केही समयपछि यातायातका साधन चल्ने सम्भावना रहेको बताइएको छ।