काठमाडौं। बाढीले पुल भत्किएपछि पूर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–अत्तरिया खण्ड अवरुद्ध भएको छ।
गए राति आएको बाढीले कञ्चनपुरको सुडा चोकमा रहेको पुल भत्किएको छ। पुल भत्किएसँगै आइतबार रातिदेखि राजमार्ग अवरुद्ध भएको छ। सीमान्त शहर महेन्द्रनगरबाट सुदूरपश्चिमसँगै देशका पूर्वी शहरसम्म पुग्न सवारी साधन बाटोमै रोकिएका छन्।