काभ्रपलाञ्चोक। वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा गएरातिदेखि सडक अवरुद्ध भएको छ।
सडक माथिबाट लगातार पहिरो खसिरहेकाले पन्छाउन असहज भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पाँचखाल नगरपालिका–८ स्थित सडकमा पहिरो खसेर करिब १५० मिटर सडक अवरुद्ध भएको हो। गएराति ९ बजेदेखि सडक अवरुद्ध हुँदा दुवैतर्फ सवारी रोकिएका छन् ।