सिमकोट। कर्णाली प्रदेशका हिमाली जिल्लामा ५ दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ। लगातार पानी परेपछि हवाई सेवा अवरुद्ध भएको हो।
यही असार १९ गतेयता कर्णालीका ४ हिमाली जिल्लामा हवाई सेवा अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरण, सिमकोटले जनाएको छ।
डोल्पा, मुगु, जुम्ला र हुम्लामा हवाई उडान अवरुद्ध छ। नेपालगञ्जबाट तारा, सीता र समिट एयरको जहाजले हिमाली ४ जिल्लाका लागि उडान भर्ने तयारी गरे पनि मौसम खराब हुँदा हवाई उडान अवरुद्ध भएको हो।