काठमाडौं। काठमाडौंको गोंगबुमा पर्यटक लक्षित होटल सञ्चालन गरिएको छ। बुद्ध शाहीले सञ्चालनमा ल्याएको होटल ह्वाइट हाउस नामक होटलको मंगलबार उद्घाटन भएको हो।
यस होटलको ब्राण्ड एम्बेसडरका रुपमा पूर्व मिस नेपाल उषा खड्गी र हाँस्य कलाकार निर्मल शर्मा ‘गैडा’ रहेका छन्।
होटल टुरिजमसँग सम्बन्धित रहेकोले आफू जोडिएको खड्गीले बताइन्। शर्माले पनि होटल पर्यटन क्षेत्रसँग जोडिएको क्षेत्र भएकोले आफू आबद्ध भएको बताए। शर्माले भने, ‘पर्यटन व्यवसायले देशको सबै क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ। पर्यटनको लागि आवश्यक धेरै पूर्वाधार मध्य एक होटल पनि हो ।’
होटलमा जम्मा १२ वटा रुम रहेका छन्। प्रत्येक रुममा फरक फरक इन्टिरियर डिजाइन गरिएको छ। होटलका केही रुम अपार्टमेन्ट सिस्टममा तयार गरिएको छ। जसमा बस्ने पाहुनाले आफ्नै घरमा झैँ खाना बनाएर खान सक्नेछन्।
भिआइपी, एनआरएन र विदेशी पर्यटकको लागि विशेष लक्ष्य गरिएको होटलमा एक बार, एक लवी र एक स्वीट लवी पनि छ। जसमा बसेर गेस्टले आफ्ना अतिथिलाई समेत भेट्न सक्नेछन्।
सौराहा, चितवन र नगरकोटपछि पछि होटल ह्वाइट हाउसको शाखा अहिले गोंगबुमा सञ्चालनमा ल्याइएको सञ्चालक शाहीले बताए।