चितवन। पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन–मलेखु सडक दुईतर्फी सञ्चालनमा आएको छ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार पृथ्वीराजमार्गको मुग्लिन मलेखु सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–३ डाहकीखोलामा सोमबार १ः ३० बजे पहिरो खस्दा सडक अवरुद्ध थियो।
पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको हो।