काठमाडौं। नौबिसे–मलेखु सडकखण्ड आज बुधबारदेखि रातीमा बन्द हुने भएको छ।
उक्त सडकखण्डका विभिन्न क्षेत्रमा पर्ने पुल निर्माणका लागि राति १० बजेदेखि विहान ३ बजेसम्म सडकखण्ड बन्द गरिने नागढुंगा–मुग्लिन सडक आयोजना पूर्वी खण्ड (धादिङ)ले जनाएको छ।
उक्त आयोजनाले हिजो एक सूचना जारी गरी आउँदो साउन ९ गतेसम्मका लागि सकड बन्द गरेर काम गर्न लागएको जानकारी गराएको हो।