पोखरा। पोखराको कालिकास्थान–पुडिटार–लामेआहाल सडक स्तरोन्नति गर्न सुरु गरिएको छ। कोत्रे–बिरौटा सडक खण्डअन्तर्गतको उक्त सडक स्तरोन्नति गर्न सुरु गरिएको हो।
पोखरा महानगरपालिका र सहरी विकास मन्त्रालयको संयुक्त आयोजनामा मंगलबार कालिकास्थानमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सडकको शिलान्यास गरेका हुन् ।
उक्त सडक विश्व बैङ्कको सहयोगमा रु एक अर्ब आठ करोड ४८ लाख ९१ हजार ३ सय २६ रहेकामा रु ७७ करोड ६८ लाख ९२ हजार ८ सय ३७ मा आशिष निर्माण सेवा प्रालिसँग यही असार ६ गते ठेक्का सम्झौता भई काम सुरु गरिएको हो ।