पोखरा। अविरल वर्षापछि हिलो र लेदो झर्दा पोखरा–बागलुङ राजमार्ग अवरुद्ध
भएको छ । अन्नपूर्ण गाउँपालिका ५ शीतल गुफा नजिकै हिलो र लेदो झरेको प्रहरीले जनाएको छ ।
यस्तै, बेनी जोमसोम सडक पनि रोकिएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका बैसेरीमा पहिरो आएर सडक रोकिएको हो ।