काठमाडौं। ‘बाँध सञ्चालनका लागि उचित तालिम तथा थाप बाँध सुरक्षा व्यवस्थापन एवम् सरोकारवालाहरूको चासो’ सम्बन्धी गोष्ठी सम्पन्न भएको छ। शनिबारदेखि सुरु भएको तालिम सोमबार सम्पन्न भएको हो।
कार्यक्रमको अन्तिम दिन अन्तरक्रियात्मक सत्रमा आफ्नो धारणा राख्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्नालयका सहसचिव सुशीलचन्द्र आचार्यले विभिन्न प्रयोजनका लागि बनाइएका बाँधको सुरक्षाका लागि उपयुक्त नीति निराग निर्देशिका तथा मापदण्ड बनाउनु आवश्यक रहेको बताए ।
सिंचाइ तथा जलविद्युत् क्षेत्रमा दर्जनौं बाँध निर्माण भइसकेको र आगामी दिनमा त्यो संख्या बढ्दै गएको हुँदा बाँध सुरक्षा सम्बन्धी नीतिगत व्यवस्था अपरिहार्य रहेकोमा पनि आचार्यले जोड दिए । जलस्रोत तथा सिंचाइ विभागले निर्माण गरेको धाप बाँध र निर्माणाधीन नागमती बाँधका लागि पनि यसको खाँचो बढ्दै गएको उनको धारणा थियो ।