काठमाडौं। भक्तपुरको नलिचोकबाट आजदेखि पाइलटहरूले उडान नगर्ने भएका छन्। सुरक्षा संवेदनशीलतामा नेपाल नागरिक उड्डयन प्राधिकरण गम्भीर नभएको भन्दै पाइलटहरूले आजदेखि अनिश्चितकालका लागि उडान नगर्ने निर्णय गरेका हुन्।
बुधबार दिउँसो पाइलटको एक भेलाले तत्कालिन अवस्थामा नयाँ हेलिपोर्टबाट उडान गर्न नसक्ने निष्कर्ष निकालेका हुन्। उनीहरुले उडान नगर्दा कारबाहीमा परे भोग्ने तर जोखिम नमोल्ने बताएका छन्।
पाइलटले नयाँ हेलिपोर्टमा विभिन्न समस्या देखिएको भन्दै सुधारका लागि अनुरोध गर्दा प्राधिकरण माग सम्बोधनको साटो पेलेर अगाडी बढेको उनीहरूको आरोप छ।
हेलिप्याड र सेक्युरिटी वाल एकदमै नजिक रहेको, आसपासमा ठूला घर रहेकाले टेकअफ र ल्यान्डिङमा समस्या भएको क्याप्टेनहरूको गुनासो छ।