चितवन। मौवाखोला नजिकै पहिरो खस्दा अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ। पहिरो पन्छाएपछि राजमार्ग एकतर्फी खुलेको हो।
आज बिहान ५ बजे चितवनको इच्छाकामना गाउँपालिका ३ स्थित मौवाखोला नजिकै ढुङ्गा र लेदो माटोसहितको पहिरो खस्दा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको थियो।