काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले तीन वटा उद्योगको लाइन काटेको छ । प्राधिकरणले डेडिकेटेड फिडर र ट्रेक लाइनको बक्यौता नतिरेको भन्दै रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको विद्युत् लाइन मंगलबार साँझबाट काटेको हो।
रिलायन्स स्पिनिङ मिल्ससले करिब ७५ करोड, घोराही सिमेन्टले ५१ करोड र अर्घाखाँची सिमेन्टको ४४ करोड रुपैयाँ प्रिमियम महसुल बापतको बक्यौता बुझाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ।
१५ दिनको म्याद दिएर महसुल तिर्न प्राधिकरणले यी उद्योगहरूलाई पत्राचार गरेको र महसुल नबुझाएपछि लाइन काटिएको प्राधिकरणको भनाइ छ।
डेडिकेटेड फिडर र ट्रक लाइनको बिजुली प्रयोग गरेका ६१ वटा उद्योगले जरिवाना सहित करिब ८ अर्ब २५ करोड ९७ लाख रुपैयाँ तिर्नुपर्ने प्राधिकरणको भनाइ छ ।