पोखरा। पोखराको कालिकास्थान–पुडिटार–लामेआहाल सडक स्तरोन्नति गर्न सुरु गरिएको छ। कोत्रे–बिरौटा सडक खण्डअन्तर्गतको उक्त सडक स्तरोन्नति गर्न सुरु गरिएको हो।
उक्त सडक विश्व बैङ्कको सहयोगमा निर्माण हुन लागेको हो। रु ७७ करोड ६८ लाख ९२ हजार ८ सय ३७ मा आशिष निर्माण सेवा प्रालिसँग ठेक्का सम्झौता भई काम सुरु गरिएको हो।
सडक निर्माण हुने भएपछि अझै सहज हुने भएको भन्दै स्थानीयले खुशी ब्यक्त गरे