भोजपुर। मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३ मेस्पाङामा सडक भासिएको छ। अविरल वर्षाका कारण मंगलबार बिहान सडक भोजपुर–चखेवा सडक खण्डको मेस्पाङमा करिब ६० मिटर सडक भासिएको हो।
टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले कालोपत्रे गरिएको सडक भासिएर ठूलो क्षति भएको बताए। यसरी ने निरन्तर वर्षा भयोभने अझ बढी क्षति हुनसक्ने उनको भनाइ छ।