काठमाडौं। काठमाडौं महानगरपालिका भित्रका विभिन्न ८० स्थानमा हाइम्याक्स बत्ती जडान गरिने भएको छ। काठमाडौं महानगरपालिकाले महानगरको विभिन्न ८० वटा स्थानमा हाइम्याक्स बत्ती जडान गर्नको लागि प्रक्रिया अगाडि बढाएको बताएको हो।
हाइम्याक्स बत्ती जडान गर्नका लागि ९ करोड ९० लाख रुपैयाँ लागत लाग्ने बताइएको छ। महानगरपालिकालाई उज्यालो सहरको रूपमा विकास गर्ने परिकल्पनाका साथ महानगरले विभिन्न ठाउँमा हाइमेक्स बत्ती जडान गर्न लागेको हो।
हाल विमानस्थलमा मात्र जडान गरिएका यस्ता उच्चस्तरको हाइम्याक्स बत्ती ५० फिट अग्लो पोल गाडेर जडान गरिने छ। ठेक्का लगाउन नसक्दा काम रोकिएको र अब टेन्डरको काम भइसकेकाले छिट्टै बत्ति जडान हुने महानगरले जनाएको छ।