फाइल तस्बिर
बागलुङ। पहिरोले बागलुङ नगरपालिका–१० भकुण्डेस्थित स्वास्थ्य चौकीमा क्षति पुगेको छ । पहिरोले भुकुण्डे स्वास्थ्य चौकीको आधा भाग पुरिएको हाे ।
स्वास्थ्य चौकीभन्दा माथिको जग्गामा चिरा परेकाले अझै पहिरो खस्ने खतरा रहेको बताइएकाे छ। करिब एक सय मिटर माथिदेखि पहिरो खसेको छ । अहिले जोखिम मोलेर बिरामीको उपचार गर्नुपरिरहेको स्वास्थ्य चौकीका प्रमुख उमेश सर्वुजाले बताए।
गत वर्ष मात्रै निर्माण सम्पन्न भएको उक्त स्वास्थ्य चौकी भवन जोखिममा परेपछि सेवा प्रवाहमा समस्या हुन थालेको उनले जानकारी दिए । उनका अनुसार निरन्तर वर्षा भए भवन नै बग्ने जोखिम छ । बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलालाई बढी समस्या भएको उनी बताउँछन् ।