कालीकोट । पहिरोका कारण कर्णाली करिडोर अवरुद्ध बनेको छ। कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा बजारमा आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको हो।
कर्णाली करिडोरमा पहिरोका कारण सवारीसाधन नियमित रुपमा चल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय कालीकोटले अहिले पहिरो हटाउने प्रयास भइरहेको जानकारी दिएको छ।
यसैगरी कर्णाली करिडोरअन्तर्गत हुम्ला सडकखण्ड नौ दिनदेखि अवरुद्ध छ । सिमकोट–हिल्सा सडकखण्डको नाम्खा र सिमकोट गाउँपालिकाको सिमाना हेक्पा खोलामा निर्माण गरिएको काठेपुल बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो।