हेटौँडा। मकवानपुर–काठमाडौँ जोड्ने थानकोट–चित्लाङ सडक (गणेशमान मार्ग) बन्द हुने भएको छ। उक्त सडक साउन २० गतेसम्म बन्द हुनेभएको हो।
थानकोट–चित्लाङ सडकको स्तरोन्नतिका क्रमका सेतो पहरो सडक खण्डमा उच्च ग्रेड कम गर्न र सडकको चौडाई कम भएको भागमा ब्याक कटिङ र ग्रेड डाउन गर्ने क्रममा सम्भावित दुर्घटना हुन नदिन सवारी साधनको आवागमन बन्द गरिने भएको हो।
बिहान १० बजेदेखि साँझ ५ बजेसम्म पूर्ण रुपमा सडक बन्द गरी निर्माण कार्य भइरहेको जनाएको छ।