एजेन्सी। गाजा शहरको शिविरमा रहेको अस्थायी मस्जिदमा भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ। शनिबार भएको घटनामा २२ जनाको मृत्यु भएको अस्पतालका एक अधिकारीले जनाएका छन् ।
गाजाको सिभिल डिफेन्सका प्रवक्ता महमूद बसालले सीएनएनलाई भनेअनुसार बम विस्फोट दिउँसोको प्रार्थनाको बिचमा भएको थियो। उनले सबै घाइतेहरु गम्भीर रहेको र अपरेशन आवश्यक रहेको बताएका छन् ।
घटनास्थलको भिडियोमा शवहरू प्रार्थनाको लागि बिछ्याइएको म्याटमा लडिरहेको देखाइएको छ। धेरै मृत र घाइते व्यक्तिहरू हात खुट्टा क्षतविक्षत भएको देख्न सकिन्छ।