कालीकोट। कालीकोटको डाचक्र नगरपालिका–६ चुलीको लेकमा रहेको भेडीगोठमा चट्याङ पर्दा १४ वटा भेडा मरेका छन्। चट्याङ परेर खाँडाचक्र नगरपालिका–६ का स्थानीय लङ्क शाही र खम्म शाहीका १४ वटा भेडा मरेका हुन्।
चट्याङले अन्य २० वटा भेडा घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
घटनामा स्थानीय १७ वर्षीय निराजन शाही सामान्य घाइते भएको प्रहरीले जनाएको छ।