ताप्लेजुङ । मौसमका कारण सुकेटार विमानस्थलमा दुई महिनादेखि उडान ठप्प भएको छ। मौसम खराबीका कारण सुकेटार विमानस्थलमा जेठ ११ गतेदेखि कुनै पनि उडान नभएको हो।
जेष्ठ सुरुसम्म सातामा तीन दिन उडान तालिका राखिएको थियो। अहिले सातामा एकदिन बुधबार मात्रै उडान तालिका छ । तर मौसमका कारण जहाज नआएको विमानस्थल कर्मचारी बताउँछन्। अब भदौ महिना भन्दाअघि आउने सम्भावना कम देखिएको समेत सुकेटार विमानस्थल कर्मचारी बताउँछन् । जेठ, असार, साउनमा बढी कुहिरो लाग्ने र जुनसुकै बेला पानी पर्ने भएकाले जहाज उड्ने सम्भावना कम हुने उनीहरुको भनाइ छ।