पाल्पा। सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा खण्डमा कालोपत्र गरेको तीन दिनमै उप्किएको छ। तिनाउ गाउँपालिका–३ दोभान बजार क्षेत्रमा सडक डिभिजन कार्यालय अन्तर्गत भएको कालोपत्र तीन दिनमै उप्किएको हो।
जीवन ब्रदर्श कन्ष्ट्रक्सनले काम गरेको हो । सडक डिभिजनका कर्मचारी र निर्माण व्यवसायीको लापरवाहीले तीनदिनमै कालोपत्र उप्किएको स्थानीयको आरोप छ। आफूहरुले झरी लागेको बेला कालोपत्र नगर्न आग्रह गर्दागर्दै पनि कर्मचारी र निर्माण व्यवसायीले नसुनेरै काम गर्दा कालोपत्र तीन दिन पनि टिक्न नसकेको उनीहरुको भनाइ छ।