ताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोलामा ‘तोक्पेगोला पर्यटन तथा चौंरी महोत्सव’ हुने भएको छ। तोक्पेगोलामा साउन २५ देखि २८ गतेसम्म ‘तोक्पेगोला पर्यटन तथा चौंरी महोत्सव’ हुने भएको हो।
गाउँपालिका ५ पापुङ ढोक्पे किदुङ अमेरिका, तोक्पेगोला सेवा समाज समिति ताप्लेजुङ, हिमाली तोक्पेगोला स्पोर्टिङ क्लब लगायतको सहकार्यमा महोत्सव गर्न लागेको बताइएको छ। महोत्सवमा भेडाको बथान समेत भेला पारिने आयोजकले बताएका छन्।
सोदो पोखरी, भुत पोखरी, तीन पोखरीजस्ता दर्जनौं पोखरी रहेका यो स्थान सदरमुकाम फुङलिङबाट दुई दिनको बाटोमा रहेको छ।