गोरखा। गोरखाको बेनिघाट–आरुघाट सडक अवरुद्ध भएको छ। ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पुर्याएपछि सडक अवरुद्ध भएको हो।
दुई वटा गाउँपालिका जोड्ने ज्यादुल खोला डाइभर्सन पुल बगाएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको भीमसेन थापा गाउँपालिकाले जनाएको छ।
यातायात पूर्ण रुपमा अवरुद्ध भएपछि आवतजावतमा धेरै समस्या भईरहेको स्थानीयले बताए।