म्याग्दी। अर्जेखोलामा पुल निर्माण गरिएको छ। एउटा वटा नगरपालिका र एउटा गाउँपालिकाको सिमानामा बग्ने उक्त खोलामा पुल निर्माण गरिएको हो।
मोटरेबल पुल सम्पन्न गर्ने सम्झौता अवधिभन्दा ९ महिनाअघि नै २५ मिटर लामो पुल निर्माण सम्पन्न भएको हो।
पूर्वाधार विकास कार्यालयका अनुसार तीन करोड ४१ लाखमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले काम सुरु गरेको सात महिनामै पुल तयार पारेको हो।
पुल निर्माण भएपछि नगरपालिका र गाउँपालिकाका जनतामात्र नभएर उक्त खोला पार गरेर आवतजावत गर्नुपर्ने सबै जनता खुशी भएको छन्।