फाइल तस्बिर
काठमाडौं। कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ। भासिएको सडकमा ग्याबिनसहितको पर्खाल उठाएपछि करिडोर सञ्चालनमा आएको हो।
गत असार २१ गते बागलुङ नगरपालिका–१० दब्ल्याङमा वर्षाले सडक बगाएपछि दुई सातादेखि उक्त सडक अवरुद्ध थियो। वर्षा रोकिएसँगै सडकमा ग्याबिनसहितको पर्खाल उठाएर सडक सञ्चालनमा ल्याएको प्रहरीले जनाएको छ।
सडक सञ्चालनमा आएसँगै दुई सातादेखि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।