काठमाडौं। काठमाडौं महानगरपालिकाले सेवाग्राही सर्वेक्षण सुरु गरेको छ। काठमाडौं महानगरको महानगर स्वर्णिम योजनाअन्तर्गत सामाजिक विकास विभागले सञ्चालन गरेको ‘साथी महानगर’ कार्यक्रमले केन्द्रीय कार्यालय, काठमाडौँ प्लाजाको पहिलो तलामा सेवाग्राही सर्वेक्षण गर्न सुरु गरेको हो।
महानगरपालिकामा सेवाको गुणस्तर र सन्तुष्टिको स्तर मापनका लागि वेञ्च मार्किङ गर्थ थालेको महानगरले जनाएको छ । एकल सेवा केन्द्र सञ्चालनमा आइसकेपछिको सेवाप्रवाहमा आएको परिवर्तनलाई तथ्यसहित मापन गर्न यसले आधार प्रदान गर्ने महानगरको विश्वास छ।
सर्वेक्षणका लागि सेवा प्रवाहका विभिन्न चरण, प्रक्रिया र अवस्थासँग सम्बन्धित २८ वटा प्रश्न राखिएका छन् । यी प्रश्नहरुका वैकल्पिक उत्तर दिइएका छन्। सेवाग्राहीले यसरी दिइएका उत्तरमध्येबाट आफूले अनुभूत गरेको अवस्थाको जवाफमा चिन्ह लगाउनुपर्ने हुन्छ।