म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ र वडा नम्बर–५ पाउद्वार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ। पूर्वाधार विकास कार्यालय म्याग्दीले कालीगण्डकी नदीमाथि १२६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो।
पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दी र निर्माण कम्पनीबीच २०८० साउन महिनामा ९३ लाख ५० हजार ४८६ मा ठेक्का सम्झौता भएको थियो ।
पुलको प्राविधिक नापजाँच र हस्तान्तरण हुन भने बाँकी रहेको छ। स्थानीयले आवतजावतमा भने पुलको प्रयोग गर्न थालिसकेका छन्। पुल निर्माण भएपछि साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हटेको भन्दै स्थानीयले सुखी व्यक्त गरेका छन्।