मनाङ। मनाङको चामे गाउँपालिका–१ तिमाङखोला पावरहाउसमा काठेपुल निर्माण गरिएको छ। डुम्रे–बेंसीसहर–चामे सडक आयोजनाले साढे ७ मिटर लम्बाई र ४ मिटर चौडाईको काठेपुल बनाएको हो।
सल्लालगायत काठ प्रयोग गरी काठेपुल निर्माण गरिएको बताइएको छ।
यसअघि २०७८ सालमा बाढीले यहाँको बेलिब्रिज बगाएपछि काठेपुल बनाइएको थियो। उक्त काठेपुल समेत गत असार १७ गतेको बाढीले बगाएपछि यहाँ खोला तर्न समस्या भएको थियो। पुन काठेपुल निर्माण गरेपछि अहिले सहज भएको स्थानीय बताउँछन्।
।