सुलीकोट। मनकामना केबलकार असार ३१ गतेबाट लागु हुने गरी ५० दिनको लागि बन्द भएको छ। नियमित मर्मत सम्भार गर्नु पर्ने भएकाले ५० दिनको लागि बन्द गरिएको हो।
मनकामना केबलकारको डिजिटल प्रणाली स्तरोन्नति र मेन केबल तार लट्ठा समेत फेर्ने कार्य हुने भएकाले असार ३१ गते देखि भदौ २० गते सम्म मनकामना केबलकार बन्द गरिएको मनकामना केबलकारले जनाएको छ। मनकामना केबलकारले एक महिना अगाडी नै सूचना निकालेर यात्रुलाई अवगत गराएको थियो।
मनकामना केबलकार नेपालमा वि.सं २०५५ मंसिर ८ गतेदेखि सञ्चालनमा रहेको पहिलो केबलकार हो।